ऋण लिने घरहरू कम भने तिर्न बाँकी उच्च बढ्दै
पछिल्ला दस बर्षमा ऋण लिनेकाे संख्या घटेकाे छ । लिएकाे ऋण तिर्न बाँकी रहेकाे संख्या भने उच्च दरमा बढेकाे चाैंथाे नेेपाल जीवनस्थर सर्वेक्षणले जनाएकाे छ । सर्वेक्षणले अार्थिक बर्ष २०७९।८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तिमा एक ऋण लिएकाे देखिएकाेे छ । यस अघिकाे सर्वेक्षण अनुसार बर्ष २०६७।६८ यस्ताे ऋण लिने ६५ प्रतिशत थिए । इष्टमित्र […]
साउनदेखि लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र, दर्जन कागजपत्रको पनि काम गर्ने
काठमाडौँ । सर्वसाधारणले राष्ट्रिय परिचयपत्रलाई बेवास्ता गरिरहेको बेला सरकारले साउन १ गतेदेखि भने लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा यसलाई नै प्रयोगमा ल्याउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको सङ्ख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो । तयार भइसकेको परिचयपत्र लिन […]
६ प्रतिशतको आर्थिक वृद्धि गर्न कस्तो नीति चाहिन्छ ?
काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ को आर्थिक नीति (बजेट) सार्वजनिक भएसँगै यता केन्द्रीय बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति निर्माणको गृहकार्य थालनी गरेको हो । बजेटमार्फत सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने घोषणा गरेको छ । उत्पादन, उत्पादकत्व र रोजगारी […]
उद्योग मन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिने कार्यप्रगति, के-के गरे ?
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १०० दिने काम सार्वजनिक गरेका छन् । आज उद्योग मन्त्रालयमा कार्यक्रम आयोजना गरेर मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् । उनले यस अवधिमा स्टार्टअप उद्यम कार्यविधि, २०८१ मन्त्रीपरिषद् बैठकमार्फत स्वीकृत भएको जानकारी दिए । यस्तै स्वचालित माध्यमबाट विदेशी लगानी स्वीकृत […]
टेबलटेनिसमा जयस्नुलाई तीन स्वर्ण
कास्की । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो […]
भारतको जितको ह्याट्रिकबिच कोहलीको ओपनिङमाथि प्रश्न
न्युयोर्क ।१, ४, ० । यी हुन् टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतीय टोलीले खेलेका तीन खेलमा विराट कोहलीको ब्याटबाट बनेको रन । बुधबार विराट कोहली न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा ब्याटिङ गर्न निस्कँदा, उनले टी-२० क्रिकेटमा आफ्नो पहिलो खेलको १४ औँ वार्षिकोत्सव मनाउँदै थिए। आयरल्यान्ड र पाकिस्तानविरुद्ध राम्रो खेल्न नसकेपछि कोहलीको ब्याटले एसोसिएट टोली अर्थात् अमेरिकाविरुद्ध […]
पेले र म्याराडोनाले जित्न नसकेको कोपा अमेरिका
काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक कोपा अमेरिका जुन २१ (असार ७ गते) देखि सुरु हुँदैछ । १०८ वर्ष पुरानो इतिहास रहेको प्रतियोगिताको ४८ औँ संस्करण अमेरिकाका १४ स्टेडियममा खेलिनेछ । सन् २०१६ पछि दोस्रो पटक मात्र यो प्रतियोगिता दक्षिण अमेरिकाभन्दा बाहिर आयोजना हुन लागेको हो । अर्जेन्टिनाले हालसम्म यो प्रयोगिता सर्वाधिक ९ […]
अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
काठमाडौं– अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ। वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो। समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो। अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो। अन्तरराष्ट्रिय […]
सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने
काठमाडौं– आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ। सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन्। क्यानले […]
नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने
काठमाडौं– आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। त्यसो त उमेर समूहमा भने यी दुई […]