मुख्यमन्त्रीहरुले अधिकार माग्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

१४ पुस, काठमाडौं । संघीयता कार्यान्वयन गर्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेका छन् ।

शुक्रबार हेटौंडामा बसेको बैठकले गरेको निर्णय अनुसार मुख्यमन्त्रीहरूले आज बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर ध्यानाकर्षण गरेका हुन् ।

उनीहरूले संघीयता कार्यान्यन र सविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेका हुन् ।

शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो ।

गत असार १५–१६ गते पोखरामा तय भएको साझा अवधारणा र निर्णयलाई निरन्तरता दिँदै मुख्यमन्त्रीहरको हेटौंडा बैठक सकिएको थियो ।

उनीहरूले प्रहरी समायोजन ऐन, निजामती कर्मचारी ऐन, शिक्षा ऐन, जग्गा प्राप्ति ऐनको अभावमा काम गर्न नसकेको र अर्कोतर्फ साझा अधिकार सूचीका तहगत कार्यविस्तृतीकरण नहुँदा पनि काम गर्न नसकिएको निष्कर्ष निकालेका थिए ।

Leave a Reply