Month: February 2024

१८ जना प्रहरी सम्पर्कविहीन
प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो। केही प्रहरी […]
Read More
बालकुमारी घटनाबारे ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्। सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई […]
Read More
मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे। नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ […]
Read More
व्यवसायी मीनबहादुर गुरूङलाई दुई वर्ष कैद
अदालतले भाटभटेनी सुपरमार्केटका सच्चालक मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ।बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो। उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले […]
Read More
मन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
बारा । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला तोक्न ढिलाइ गर्दा आयोजनाको सम्पूर्ण काम ठप्प प्रायः भएको छ । विमानस्थल आयोजना कार्यालय सिमराले माघ १० गते निर्माणाधीन विमानस्थलको चार किल्ला तोकेर पठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । मन्त्रालयमा पठाएको सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ हुँदा विस्तृत वातावरणीय प्रभाव […]
Read More
सहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव
माओवादी नाम नै कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न गाह्रो हुने भन्दै नेकपा (माओवादी केन्द्र) भित्र पार्टीको नाम फेर्न प्रस्ताव आएको छ। काठमाडौंमा मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गरेका छन्। उनले पार्टीको नाम परिवर्तन गरेर […]
Read More
मन्त्रिपरिषद विस्तारसँगै कोशीको सत्ता राजनीतिमा नयाँ दरार
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयले शुक्रबार अपराह्नतिर सञ्चारकर्मीहरूलाई एकैपटक दुइटा सूचना पठाएको थियो। त्यसमध्ये पहिलो थियो, कोशीका ‘पहिचानवादी’ सँगको वार्ता ‘सफल भएको’। अर्को थियो, आजै मन्त्रिपरिषद विस्तार हुनेबारेको सूचना। कोशी नाम खारेजीको माग गर्दै झन्डै ११ महिनादेखि प्रदेशमा आन्दोलनरत ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ सँगको वार्ता सफल भएको घटनालाई मुख्यमन्त्री कार्यालयले आफ्नो […]
Read More
उपकुलपतिका लागि आवेदन दिएकाहरू विरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरू विरूद्ध कुनै पनि उजुरी नपरेको पाइएको छ। संसदको शिक्षा समितिमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको बताइन्।तथा, विभिन्न खालका विवादहरूको सन्दर्भमा राज्यमन्त्री कुमारीले उनीहरूका विरुद्धमा कुनै पनि उजुरी नपरेपछि सर्टलिष्टमा परेको बताइन्। ‘उहाँहरूले आवेदन दिनुभयो। आवेदन दिएपछि उहाँहरूका विरुद्धमा कुनै पनि […]
Read More
चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका न्यायाधीशको सरूवा
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौंको मुगु जिल्ला अदालतमा न्यायाधीश यज्ञप्रसाद आचार्यलाई काम सरुवा गरेका छन्। यस बारे जानकारी दिएको छ।न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काम सरुवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जनकारी दिएका छन्।न्यायाधीशहरूको सरुवा न्यायपरिषदले गरेको छानबिन पनि काम सरुवा भने प्रधान न्यायाधीशले गर्नेछन्। एक सदस्य अनुसार, जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको […]
Read More