पेले र म्याराडोनाले जित्न नसकेको कोपा अमेरिका

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक कोपा अमेरिका जुन २१ (असार ७ गते) देखि सुरु हुँदैछ । १०८ वर्ष पुरानो इतिहास रहेको प्रतियोगिताको ४८ औँ संस्करण अमेरिकाका १४ स्टेडियममा खेलिनेछ ।

सन् २०१६ पछि दोस्रो पटक मात्र यो प्रतियोगिता दक्षिण अमेरिकाभन्दा बाहिर आयोजना हुन लागेको हो । अर्जेन्टिनाले हालसम्म यो प्रयोगिता सर्वाधिक ९ पटक आयोजना गरेको छ । उरुग्वे र चिली ७–७ पटक यो प्रतियोगिताको आयोजक राष्ट्र बन्दा ब्राजिल र पेरुले ६–६ पटक कोपा अमेरिका आयोजना गरेका छन् ।

सन् २०२१ मा आयोजना भएको पछिल्लो प्रतियोगिता अर्जेन्टिनाले जितेको थियो । अर्जेन्टिनाले चिर प्रतिद्वन्द्वी ब्राजिललाई १–० ले स्तब्ध बनाएको थियो ।

GettyImages-1233914339-1-e1717692192311-1024x683

यसपटक साबिक विजेता अर्जेन्टिनाले उद्घाटन खेलमा क्यानडाको सामना गर्नेछ । खेल एटलान्टाको मर्सिडिज बेन्ज स्टेडियममा खेलाइनेछ ।

  • कोपा अमेरिकाको फर्म्याट

यो संस्करणमा १६ वटा टोलीलाई ४ टोली सम्मिलित ४ टिममा विभाजन गरिएको छ । समूह चरणमा हरेक टोलीले एक–एक पटक समूहमा रहेका अन्य टोलीको सामना गर्नेछन् । एउटा समूहबाट दुई शीर्ष टोली नकआउट चरणमा प्रवेश गर्नेछन् ।

नकआउटमा तीनवटा चरण हुनेछन्, जुन युरोपियन प्रतियोगिताभन्दा एक चरण कम हो । यसमा समूह चरणपछि सिधै क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ ।

क्वार्टरफाइनलमा समूह चरणको विजेताले अर्को समूहको उपविजेताको सामना गर्नेछ । यस चरणका विजेताहरू सेमिफाइनलमा आमनेसामने हुनेछन् । फाइनल खेल जुलाई १४ मा मियामी फ्लोरिडाको हार्ड रक स्टेडियममा खेलिनेछ ।

  • प्रतियोगितामा भाग लिने टोलीहरू

दक्षिण अमेरिका (कोनमेबोल) बाट १० टोली : अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पाराग्वे, पेरु, उरुग्वे र भेनेजुएला ।

उत्तर अमेरिका (कोनकाकाफ) बाट ६ टोली :  अमेरिका, मेक्सिको, जमाइका, पानामा, क्यानडा र कोस्टारिका ।

समूह चरणको ड्र डिसेम्बर ७, २०२३ मा फ्लोरिडाको जेम्स एल नाइट सेन्टरमा आयोजना गरिएको थियो । फिफा वरीयताको आधारमा टोलीको ‘सिडिङ’ गरेर समूहहरू विभाजन गरिएको थियो ।

समूह ए :  अर्जेन्टिना, पेरु, चिली, क्यानडा

समूह बी :  मेक्सिको, इक्वेडर, भेनेजुएला, जमाइका

समूह सी :  अमेरिका, उरुग्वे, पानामा, बोलिभिया

समूह डी :  ब्राजिल, कोलम्बिया, पाराग्वे, कोस्टारिका

  • कोपा अमेरिकामा सबैभन्दा सफल टोली

प्रतियोगितामा अप्रत्याशित रूपमा उरुग्वेले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । टोलीले सुरुवाती ९ मध्ये ६ वटा प्रतियोगिता जितेको थियो । टोली अर्जेन्टिनासँगै सर्वाधिक १५ पटक यो उपाधि जितेको छ ।

_uru_aff697e5

सन् १९७५ मा दक्षिण अमेरिकी फुटबल च्याम्यिनसिपबाट प्रतियोगिता नाम परिवर्तन गरेर कोपा अमेरिका राखिएको थियो । अर्जेन्टिनाले १९६० अघि नै आफूले जितेका १५ मध्ये १२ उपाधि हात पारेको थियो । लियोनेल मेस्सीको प्रेरणामा अर्जेन्टिनाले सन् १९९३ पछि सन् २०२१ मा उपाधि जित्न सफल भएको थियो ।

पछिल्ला तीन दशक भने यसमा ब्राजिलको आधिपत्य रह्यो । सन् १९८९ मा ४० वर्षको खडेरी अन्त्य गर्दै टोलीले आफ्नो ९ मध्ये ५ उपाधि जितेको थियो । बालोन डी’ओर विजेता रोनाल्डो, रिभाल्डो, रोनाल्डिन्हो र काकाजस्ता खेलाडीहरूको मद्दतले टोलीले सन् १९९७, १९९९, २००४ र २००७ मा ४ पटक यो प्रतियोगिता हात पार्न सफल भयो ।

brazil-copa

चिलीले सन् २०१५ र २०१६ मा लगातार दुई उपाधि जितेको थियो । पेरु र पाराग्वेले चिलीसँगै २–२ पटक यो प्रतियोगिता जितेका छन् । कोलम्बिया र बोलिभियाको नाममा १–१ उपाधि रहेका छन् । इक्वेडर र भेनेजुएलाले मात्र हालसम्म यो प्रतियोगिता जित्न सकेका छैनन् ।

  • स्टार खेलाडीहरू

सन् २०२२ मा विश्वकप जित्दै आफ्नो ‘बकेट लिस्ट’ पूरा गरेका अर्जेन्टिनी स्टार लियोनेल मेस्सी यसपटक पनि प्रतियोगितामा सहभागी हुँदैछन् । इन्टर मियामीका स्टार खेलाडी मर्सेडिज बेन्ज स्टेडियममा उत्रिँदा उनको प्रतियोगितामा ३५ औँ खेल हुनेछ । उनले चिलीका गोलकिपर सर्जियो लिभिङ स्टोनले बनाएको सबैभन्दा धेरै खेल खेल्ने रेकर्ड तोड्नेछन् ।

Vinicius

ब्राजिलको टोलीमा नेयमार नभए पनि भिनिसियस जुनियर, रोड्रिगो एलिसन, ग्याब्रियल मार्टिनेली, ब्रुनो गुइमारेसजस्ता खेलाडी ब्राजिलको टोलीमा हुनेछन् ।

लिभरपुलका लुइस डियाज कोलम्बियाबाट खेल्नेछन् भने डार्विन नुनेज र रियलका फेडेरिको भालभर्डे उरुग्वेबाट खेल्नेछन् ।

202211291909-main.cropped_1669723794

मोइसेस काइसेडो इक्वेडरको टोलीमा समावेश छन् । अमेरिकी टोलीमा मिलानका क्रिस्टियन पुलिसिच, नर्विचका जोड सारजेन्ट जस्ता खेलाडी छन् ।

  • पेले र म्याराडोनाले नजितेको प्रतियोगिता

प्रायः सबै दक्षिण अमेरिकी सुपरस्टारहरूले कोपा अमेरिकाको उपाधि जितेका छन् । रोचक रूपमा यसमा दुई सर्वकालीन महान् खेलाडीद्वय म्याराडोना र पेले अपवाद हुन् ।

GettyImages-101616256-2048x1402

म्याराडोनाले सन् १९७९, १९८७ र १९८९ मा तीनपटक कोपा अमेरिका खेले पनि उनको हातबाट उपाधि टाढा रह्यो । उनले सन् १९८७ मा घरेलु मैदानमा आयोजित प्रतियोगिता सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४ खेलमा तीन गोल गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्‍याए पनि टोली साबिक विजेता उरुग्वेसँग १–० ले स्तब्ध बन्यो ।

यता, पेलेले भने सन् १९५८ मा एकपटक मात्र यो प्रतियोगितामा भाग लिएका थिए । मात्र १९ वर्ष रहेका उनले प्रतियोगितामा सर्वाधिक ८ गोल गर्दै प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । तर, ७ टोलीको राउन्ड रोबिनमा ब्राजिल अर्जेन्टिनाभन्दा पछि दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।

Leave a Reply