ऋण लिने घरहरू कम भने तिर्न बाँकी उच्च बढ्दै

पछिल्ला दस बर्षमा ऋण लिनेकाे संख्या घटेकाे छ । लिएकाे ऋण तिर्न बाँकी रहेकाे संख्या भने उच्च दरमा बढेकाे चाैंथाे नेेपाल जीवनस्थर सर्वेक्षणले जनाएकाे  छ ।

सर्वेक्षणले अार्थिक बर्ष  २०७९।८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तिमा एक ऋण लिएकाे देखिएकाेे छ । यस अघिकाे सर्वेक्षण अनुसार बर्ष  २०६७।६८ यस्ताे ऋण लिने ६५ प्रतिशत थिए ।

इष्टमित्र साहुकारबाट ऋण लिनेकाे संख्या घटेकाे छ । तर त्याे समुह ऋण लिन बैंक सहकारी तथा बित्तिय संस्थामा अाएकाे छैन किन भने याे समयमा ऋण लिनेकाे संख्या २ प्रतिशतले मात्र बढेकाे छ ।

ऋणकाे निर्भभरता सहकारीमा भने बढेकाे देखाउछ । इष्टमित्रबाट ऋणलिनेकाे संख्या ५१.१ प्रतिशत, बैंकहरुबाट लिने २० प्रतिशत, साहुकारबाट लिनेकाे संख्या १५.१ प्रतिशत र सहकारीबाट लिनेकाे संख्या ५.१ प्रतिशत देखाएकाे थियाे ।

पछिल्लाे अाँकडा अनुसार ५५.८ प्रतिशतले व्यक्तिगत खर्चकाे लागी, २३.५ प्रतिशतले घर-व्यवहार चलाउन र २०.७ प्रतिशतले व्यवसाय चलाउनका लागी ऋण लिएकाे पाइएकाे छ ।

त्यस्तै ६४.९ प्रतिशतले बिना धिताे ऋण लिएका छन् । नातेेदार र साहुकारबाट ऋण लिनेकाे संख्या उच्च नै रहेकाले बिना धिताे ऋण लिनेकाे संख्था उच्च नै रहेकाे देखिन्छ ।

यसरी ऋण लिनेकाे संख्यामा गरिबकाे संख्या सबैभन्दा धेरै ६९.३ प्रतिशत छ । यसले अनाैपचारिक रूपमा ऋणलिनेकाे संख्या  उच्च रहेकाे छ ।

Leave a Reply