
गुल्मी । गुल्मीमा एकै परिवार ५ जना पहिराेमा परी मृत्यु भएकाे छ । मालीका गाउँपालिकाका भेषबहादुर बिकका घरमा उनि,उनका श्रीमति, जेठी वुहारी र जेठा छाेराका २ नातिनिकाे मृत्यु भएकाे छ ।
मृत्युहुनेमा ५५ बर्षीय भेषबहादुर, ४८ बर्षीय श्रीमती सुन्तली बिक, २६ बर्षीय बुहारी सीता बिक, ८ बर्षीय नातिनी सपना बिक र ८ महिनाकी विपना बिक हुन् ।
भेषबहादुरका ३ छाेरा र माइली बुहारी भारतमा मजदुर गरीरहेका छन् । दुइतले ढुङ्गा माटाे र जस्तापाताले छाएकाे घर पुरीदा काेही पनि बाच्न सकेन ।