फाेक्साे क्यानसरकाे लक्षणहरू हेर्नुस

काठमाडाैं । फाेक्साेकाे क्यानसर एक गम्भिर राेग हाे । फाेक्साेमा असमान्य काेसिकाहरु अनियन्त्रित रुपमा बढ्दै गए पछि क्यान्सर हुन्छ ।  सुरुवातमा यसकाे लक्षणहरु सामान्य हुन्छ जस्ले गर्दा पहिचान गर्न मुस्किल हुन्छ । तर हाम्राे शरिरमा देखिने केही लक्षणहरु राम्ररी हेर्ने हाे भने क्यानसरकाे पत्ता लगाउन सकिन्छ ।  जुन यसप्रकार छन् ।।

लगातार खाेकी

कुनै व्यक्तिलाइ लगातार खाेकी लागेकाे छ र समय सँगै खाेकी बढ्दै गएकाे छ र खाेकीमा खुन पनि देखिन थालेकाे छ भने फाेक्साेकाे क्यान्सर हुन सक्छ ।

सास फेर्नमा कठिनाइ

फाेक्साेमा ट्युमर बढ्दा श्र्वास नलिमा रुकावट अाउन सक्छ । जस्लेे गर्दा सास फेर्न गार्हाे हुन सक्छ ।

छातिमा दुखाइ

गहिराे सास फेर्दा , खाेक्दा, हास्दा छाति दुख्न सक्छ । निरन्तर छाति दुखिरहने वा दुखाइ बढ्दैजानु पनि क्यान्सरकाे लक्षण हाे ।

ताैल घट्दै जाने 

कुनै कारण बिना ताैल घट्दै जाने र भाेक हराउदैै जानु क्यान्सरकाे लक्षण हाे ।

थकान

जव कुनै व्यक्तिलाइ बिना कारण असामान्य थकाइ लाग्छ , याे शरिरकाे उर्जा शक्तिकाे कमिकाे कारणले हाे । याे पनि क्यान्सरकाे लक्षण हाे ।

अावाजमा परिवर्तन

जब ट्युमरले भाेकलकाेर्डमा दबाब दिन्छ, अावाजमा भारी वा कर्कस हुने समस्या देखिन्छ ।

 

 

Leave a Reply