काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५ कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ ।
ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान भएका मध्ये जिबि राइ फरार छन, रमतेल पुर्पक्षका लकगी पाेखरा जेलमा छन तर लामिछाने गृहमन्त्री भएका कारण अनुसन्धान अवरूद्ध भएकाे थियाे ।
वचतकर्ता र माहानगरले दिएकाे उजुरी प्रहरीलेलिनु इन्कार गरेकाे थियाे । सिअाइबीले तयार पारेकाे अनुसन्धान प्रतिवेदन लुकाइएकाे थियाे र। यद्यपि समितिले प्रतिवेदन उल्लेख गरेकाे छ ।
समितिका अध्यक्ष सुर्य थापाले साेमबार प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेपछि कार्यनवयनकाे लागी संसदले सरकारलाइ पठाएकाे छ । समितिले पाेखराकाे सुर्यदर्शन,बुटवलकाे सुप्रिम, चितवनकाे साहारा, विरगन्जकाे सानाे पाइला र काठमाडाैंकाे स्वर्णलक्ष्मीकाे संगठित रूपमा खर्च गरेकाे प्रमाण फेला परेकाे छ ।