एक्सक्लुसिभ https://www.edainikpost.com Tue, 17 Dec 2024 03:57:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 https://www.edainikpost.com/wp-content/uploads/2024/06/cropped-IMG_8539-32x32.jpg एक्सक्लुसिभ https://www.edainikpost.com 32 32 रअ एजेन्ट : १ महिना पछि सरकार ढल्दै https://www.edainikpost.com/2024/12/16/1-14/ https://www.edainikpost.com/2024/12/16/1-14/#respond Mon, 16 Dec 2024 04:11:27 +0000 https://www.edainikpost.com/?p=888 काठमाडौं । भारतिय गुप्तचार रअका एजेन्ट लक्की विष्टले ओली सरकार एक महिना भित्र ढल्ने दावी गरेको छ । यसका लागी रअले काम गरिरहेको उनले दाबी गरेका छन ।

एजेन्ट लक्की विष्टले सरकार ढल्ने ठोस आधार भने दिएका छैनन् । उनले बिगतमा पनि नेपालमा धेरै मिसन सफल पारेको दावि गरेका छन् । तर काम गर्न नेपालमा जति गार्हो अन्य देसमा नहुने उनमो भनाइ छ ।

एजेन्ट लक्की विष्ट भन्छन नेपाल विश्वभरका गुप्तचर एजेन्सीको खेल्ने ठाउँ भइको छ । भविष्यमा अझ सक्रिय रूपमा गुप्तचर एजेन्सीहरू नेपालको आन्तरिक मामिलामा खेल्ने उनकाे भनाइ छ ।

]]>
https://www.edainikpost.com/2024/12/16/1-14/feed/ 0
सहकारीको ६५ करोडमा जीबी र रविको रजगज https://www.edainikpost.com/2024/09/17/1-10/ https://www.edainikpost.com/2024/09/17/1-10/#respond Tue, 17 Sep 2024 06:52:37 +0000 https://www.edainikpost.com/?p=866 काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५  कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ ।

ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान भएका मध्ये जिबि राइ फरार छन, रमतेल पुर्पक्षका लकगी पाेखरा जेलमा छन तर लामिछाने गृहमन्त्री भएका कारण अनुसन्धान अवरूद्ध भएकाे थियाे ।

वचतकर्ता र माहानगरले दिएकाे उजुरी प्रहरीलेलिनु इन्कार गरेकाे थियाे । सिअाइबीले तयार पारेकाे अनुसन्धान प्रतिवेदन लुकाइएकाे थियाे र। यद्यपि समितिले प्रतिवेदन उल्लेख गरेकाे छ ।

समितिका अध्यक्ष सुर्य थापाले साेमबार प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेपछि कार्यनवयनकाे लागी संसदले सरकारलाइ पठाएकाे छ । समितिले पाेखराकाे सुर्यदर्शन,बुटवलकाे सुप्रिम, चितवनकाे साहारा, विरगन्जकाे सानाे पाइला र काठमाडाैंकाे स्वर्णलक्ष्मीकाे संगठित रूपमा खर्च गरेकाे प्रमाण फेला परेकाे छ ।

 

 

 

 

]]>
https://www.edainikpost.com/2024/09/17/1-10/feed/ 0
बालबालिकालाइ संकार सिकाउने शुत्र हेर्नुस https://www.edainikpost.com/2024/08/03/1-8/ https://www.edainikpost.com/2024/08/03/1-8/#respond Sat, 03 Aug 2024 05:57:17 +0000 https://www.edainikpost.com/?p=855 बालबालिकाहरु बुवा भन्दा पनि अामासँग धेरै नजिक हुन्छन । उनिहरु धेरै कुराहरु अामाबाट नै सिक्ने गर्छन । बुवाअामा नै ब्यस्त भए मन्टेश्वरीमा जिम्मा लगाउने चलन छ । यसरी सानैबाट जिम्मा लगाउँदा शिशुहरु धेरै कुराहरुबाट बञन्चित हुन्छन । सकेसम्म बालबालिकालाइ सकेसम्म बुबाअामा सँगै राख्नुपर्छ । बाल संकारका लागी यी कुराहरु ध्यान दिन जरुरी छ ।

अाधुनिक जीवनसैलीलाइ कम प्राथमिकता 

 

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

 

 

 

]]>
https://www.edainikpost.com/2024/08/03/1-8/feed/ 0
प्रहरीसँग मिलेर अाफ्नै भान्जाकाे २ कराेड लुट्ने मामा https://www.edainikpost.com/2024/06/25/12/ https://www.edainikpost.com/2024/06/25/12/#respond Tue, 25 Jun 2024 11:00:16 +0000 https://www.edainikpost.com/?p=827 काठमाण्रडाैं । भक्तपुरकाे सुर्यबिनायक नगरपालिका ४ मा डिल्ली बहादुर राउतकाे घरमा ३ जना अपरिचित युवक प्रवेश गर्छन् । “हामी सिअाइवि हाैं” भन्छन अनि घर अनुशंधान गर्ने बाहानामा दराजमा राखेकाे २ कराेड लिएर हिड्छन ।

लुटमा संलग्न ४ जना प्रहरीले सार्बजनिक गरेका छन जसमा एक जना प्रहरी हवलदार कृष्ण वहादुर वाेहरा रहेका छन । डिल्ली बहादुर राउतकाे मामा कुल बहादुर खत्रिले याेजना बनाएकाे प्रहरीकाे निष्कर्ष छ । मामा अहिले फरार छन् । याे कुरा भान्जाले थाहा पाएपछि छाँगाबाट खसेका छन् । पिडितकाे मामाले  अन्य साथिहरूसँग मिलेर लुट्ने याेजना बनाए ।

]]>
https://www.edainikpost.com/2024/06/25/12/feed/ 0
केक र हाम्रो संस्कृति https://www.edainikpost.com/2024/06/16/7/ https://www.edainikpost.com/2024/06/16/7/#respond Sun, 16 Jun 2024 06:49:32 +0000 https://www.edainikpost.com/?p=788 ‘ह्याप्पी बर्थडे टु यु’, ‘ह्याप्पी बर्थडे’- जन्म दिनमा शुभकामना दिँदा सबैभन्दा बढी प्रयोग हुने शब्द हुन् यी । यही बोलको अङ्ग्रेजी गीत छ, सन् १९९८ को गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यो सबैभन्दा बढी गाइने गीत थियो । गीतको मुख्य बोललाई कमसे कम १८ भाषाहरूमा अनुवाद गरिएको छ ।

जन्म दिनमा उत्सवको आयोजना गर्ने चलन निकै प्रचलित भइरहेको छ । खासगरी सहरी बालबालिकाबिच बर्थडेको केक काट्ने चलन चाडझैँ हुन पुगेको छ । ह्याप्पी बर्थडे भनेर जन्म दिनका अवसरमा भेटेर वा सामाजिक सञ्जालमार्फत शुभेच्छा व्यक्त गर्ने वा पठाउने गरिन्छ ।

जन्म दिन मनाउने यो चलनलाई धेरै पुरानो भन्न नसकिए पनि यस्तो चलनको अनुकरण गर्नेहरूको सङ्ख्या ठुलो छ ।

बर्थडेको चलनझैँ विवाह वर्षगाँठ मनाउने चलन पनि बढ्दो छ । विवाह भएको तिथि–मितिमा मनाइने यस उत्सव ‘म्यारिज एनिभर्सरी’ वा ‘वेडिङ एनिभर्सरी’का नाममा ज्यादा प्रचलित छ । वैवाहिक वर्षगाँठमा पनि केक काट्ने कार्य विशेष महत्त्वका साथ पूरा गरिन्छ ।

विद्यालय, सङ्घ–संस्था, व्यावसायिक प्रतिष्ठानले वार्षिकोत्सव मनाउने चलन पुरानै हो, तर यसमा अहिले केक काट्ने चलन थपिन थालेको छ ।

परीक्षामा उत्तीर्ण हुँदा; व्यवसाय प्रारम्भ गर्दा; सरकारी वा गैरसरकारी सेवामा नाम निकाल्दा; पदोन्नति हुँदा; खेल, प्रतियोगिता वा चुनाव जित्दा आदि खास–खास उपलब्धि हासिल गर्दा उत्सव मनाइन्छ र यस्ता उत्सवमा केक काट्ने चलन पनि बढेको छ ।

बर्थडे, वेडिङ एनिभर्सरी, वार्षिकोत्सव वा जुनसुकै उत्सव पनि केक नकाटी प्रारम्भ हुँदैन । वस्तुतः बर्थडे वा वेडिङ एनिभर्सरी उत्सवको मूल कार्य नै केक काट्नु हो । अर्थात् यस्ता उत्सवबाट केक काट्ने चलनलाई हटाउन सकिँदैन । केक काट्ने कार्यलाई समावेश नगर्ने हो भने उत्सव उत्सवजस्तो रहन जाँदैन । हाम्रो आफ्नै यस्ता अवसरमा फलफूल, मिठाई, अक्षता, धूप, दीप आदि सान्दर्भिक हुन्छन् । मुख मिठो पारौँ भनेर मिठाई वितरण गर्ने परम्परा छ ।

  • केक के हो ? 

केक युरोपेली खानाको एउटा परिकार हो । अर्थात् केक बेक्ड (रोटी) खाना हो, हाम्रोतिर बेकरीले तयार गर्ने सामग्रीलाई केक भनेर बुझौँ । भोजनको अन्त्यमा गुलियो बेक्ड खाने पश्चिमी परम्परा हो । पुरातन रोममा मैदामा मख्खन, अन्डा र मह आदि थपेर मिठो बेक्ड खाने चलन बस्यो । प्रारम्भिक इङ्ग्ल्यान्डमा पनि, केकहरू भोजनको अनिवार्य हिस्सा बन्यो ।

पिठो, चिनी, अन्डा, मक्खन वा तेल मिश्रित पकवान नै केक हो । केक धेरै प्रकारका हुन्छन् । अहिले केकका सामग्रीका लागि धेरै विकल्प उपलब्ध छन् । कतिपय सामग्री साजसज्जाका लागि पनि प्रयोग गरिन्छन् । हामीकहाँ चाडपर्व, उत्सव, समारोहमा मिठाईको जे जस्तो महत्त्व छ; त्यस्तै पश्चिमतिर कुनै पनि विशेष समारोहमा मिठाईका रूपमा केकको प्रयोग गरिन थालिएको पाइन्छ । केक काट्ने र खाने प्रक्रियामा सामूहिक उत्सवको मूल्य समाहित हुन गएकाले त्यसलाई भावनात्मक रूपमा ग्रहण गर्न थालिएको छ ।

  • हाम्रो संस्कृति

सभ्यता, संस्कृति र परम्पराहरूको भण्डार हो हिन्दु समाज । हिन्दु धर्ममा १६ अनुष्ठान (षोडश संस्कार) उल्लेख गरिएको छ, जसमा गर्भधारणदेखि अन्तिम संस्कारसम्म छन् । जसमा गर्भाधान, पुंसवन, नामकरण, चुडाकर्म, अन्नप्राशन, कर्णवेध, केशान्त, जातकर्म, निष्क्रमण, विद्यारम्भ, विवाह, वेदारम्भ, व्रतबन्ध, समावर्तन, सीमन्तोन्नयन, अन्त्येष्टि हुन् ।

गर्भाधान संस्कार पहिलो संस्कार हो । माताले गर्भ धारण गर्नुअघि गरिने संस्कारलाई गर्भाधान संस्कार भनिन्छ । गर्भ रहनका लागि कुनै बाधा व्यवधान नहोस् भनेर यो संस्कार गरिन्छ ।

पुंसवन संस्कार दोस्रो संस्कार हो । यो गर्भावस्थाको तेस्रो महिनामा गरिने एक अनुष्ठान हो । मूलतः गर्भस्थ शिशुको समुचित विकासका निमित्त पुंसवन संस्कार गरिन्छ । जातकर्म संस्कार शिशु जन्मिएपछि नाल काट्नुभन्दा पहिले नै गर्ने विधान हो । नवजात शिशुको आयु, आरोग्य, बल, बुद्धि प्राप्त होस् भन्ने कामनाका साथ यो संस्कार गरिन्छ । यतिबेला बच्चालाई मह र घिउ चटाउने पनि गरिन्छ ।

शिशु जन्मेको ११औँ दिनमा नामकरण (न्वारन) संस्कार गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १०औँ दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११औँ दिनमा यो संस्कार गर्ने चलन चलेको हुन सक्छ । कर्मकाण्डज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्नु उचित मान्छन् ।

निष्क्रमण संस्कार शिशु जन्मिएको चार महिनामा बालकलाई घरबाट बाहिर निकाल्नुलाई भनिन्छ ।

अन्नप्राशन संस्कार शिशु विकसित हुँदै जाँदा स्तनपानबाट प्राप्त हुने पौष्टिक आहार शिशुको शारीरिक र मानसिक विकासका लागि अपर्याप्त हुने हुँदा शिशु जन्मिएको ६ महिनामा अन्नप्राशन गराइन्छ । चुडाकर्ण संस्कारभन्दा अघि कर्णभेद संस्कार भनिन्छ । यसलाई प्रचलित शब्दमा कान छेड्ने पनि भनिन्छ । बालक वा बालिका दुवैको कर्णभेदन संस्कार गरिने प्रावधान रहेको पाइन्छ ।

विद्यारम्भ संस्कार जब बालबालिकाको शिक्षा ग्रहण गर्न सक्ने क्षमता प्राप्त हुन्छ, तब यो संस्कार गराउने प्रचलन छ । पहिलोपल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर कर्म पनि हो ।

व्रतबन्ध संस्कार बालकलाई गार्हस्थ्य ज्ञानबाट परिचित गराउन गरिन्छ । व्रत भन्नाले सङ्कल्प बुझिन्छ भने बन्ध भन्नाले बन्धन बुझिन्छ । व्रतबन्धको प्रतीक मानिने यज्ञोपवित ग्रहण गर्ने प्रक्रिया पनि हो यो ।

समावर्तन संस्कार केशान्त संस्कारसँग मिल्ने एक संस्कार हो । यो संस्कार केशान्त संस्कारभन्दा पहिला गरिन्छ । यो संस्कारमा बालकलाई शिष्यका रूपमा संस्कार गरी वैदिक ज्ञान प्रदान गरिन्छ ।

बालकलाई उपनयन संस्कार गरिसकेपछि ज्ञान आर्जनका निम्ति गुरुकुल पठाउनु वेदारम्भ संस्कार हो । गुरुकुलमा ब्रह्मचर्य व्रत पालन गर्ने र संयमित रहने प्रतिज्ञा गराइन्थ्यो । शिष्य सम्पूर्ण परीक्षामा सफल भएपछि नै वेदारम्भका लागि योग्य भएको पुष्टि गरिन्थ्यो ।

केशान्त संस्कार जब शिष्य वेद, व्याकरण, तर्कशास्त्रमा निपूण भएपछि गुरुकुलबाट बिदाइ गर्दा यो संस्कार गरिन्छ । स्नान आदि द्वारा स्वच्छ गरी शुद्ध वस्त्र र केशको मुण्डनसँगै विद्यावारिधि प्रदान गरिन्छ ।

स्त्री र पुरुषका बिचमा पतिपत्नीको सम्बन्ध कायम गराउने धार्मिक वा सामाजिक कर्मलाई पाणिग्रहण (विवाह) संस्कार भनिन्छ ।

गृहस्थ जीवनमा प्रवेश गरेपछिको तेस्रो कर्तव्यका रूपमा सीमन्तोन्नयन संस्कारलाई लिने गरेको छ । गार्हस्थ्य जीवनको प्रमुख उद्देश्य श्रेष्ठ सन्तानोत्पादन हो । दम्पतीले सौभाग्य प्राप्त गर्नु र श्रेष्ठ सन्तानोत्पादन गर्नु यस संस्कारको प्रमुख अभिप्राय हो । गर्भपात रोक्नुका साथसाथ गर्भस्थ शिशुको रक्षा गर्ने उद्देश्य पनि यस संस्कारमा निहित छ ।

यस्तै मृत्युमा अन्त्येष्टि संस्कार गरिन्छ । मानिसको मृत्युपश्चात् गरिने संस्कार हो । यो पार्थिव शरीरको अन्तिम क्रिया हो, जसलाई सद्गति भनिन्छ । सनातन धर्ममा परमार्थको प्राप्तिका लागि सद्गति आवश्यक छ । अन्यथा अतृप्त अवस्था विद्यमान नै रहन्छ ।

यस प्रकार सनातनी जीवन संस्कार नै संस्कारले भरिएको छ । हरेक संस्कार स्वयंमा एक उत्सव हुन् ।

कतिपय कारणले सांस्कृतिक मूल्य तथा स्वरूपमा परिवर्तनका साथै सांस्कृतिक क्षरण पनि देखापर्छ । सांस्कृतिक क्षरण तब हुन सक्छ, जब एक प्रभावशाली संस्कृति कुनै सानो वा कम शक्तिशाली संस्कृतिलाई प्रभावित गर्दछ । परिणामस्वरूप अद्वितीय सांस्कृतिक प्रथा, विश्वास र परम्परामा ह्रास आउन थाल्छ । अर्को कारण प्रविधिको विकास पनि हो, जसको नकारात्मक प्रभाव सांस्कृतिक प्रथा एवं परम्परामाथि पर्छ ।

बर्थडे केकले पनि हामीलाई कतै न कतै सांस्कृतिक क्षति पुर्‍याएको छ नै ।

हाम्रा सोह्र संस्कारमा थुप्रै उत्सव छन् । हामीले जसरी जातकर्म र नामकरण संस्कार गर्छौँ, जन्मसँग जोडिएका यी विशेष उत्सव हुन्, हाम्रा यिनै संस्कारबाट पश्चिमले बर्थडे मनाउन सिक्यो कि ? हामीसँग संस्कार र संस्कृतिको कमी छैन । हामी हाम्रै सांस्कृतिक जीवनमा बाँच्दा पनि पुग्छ ।

यद्यपि सांस्कृतिक आदान–प्रदान सांस्कृतिक प्रसारको एक माध्यम हो । सांस्कृतिक आदान–प्रदान विभिन्न रूपमा हुन सक्छ र विभिन्न देश र क्षेत्रहरूबिच हुन सक्छ । उदाहरणका लागि, १९५४–१९६० को अवधिमा सोभियत सङ्घ र भारतले सर्कस, नाट्य कला र नृत्य समूहहरूमा ध्यानकेन्द्रित गर्दै रचनात्मक टोली र व्यक्तिगत कलाकारहरूको आदान–प्रदानमार्फत सांस्कृतिक आदान–प्रदान गरेका थिए ।

हामीले हाम्रो सांस्कृतिक क्षरणको अवस्थालाई रोक्नेतर्फ सोच्नुपर्छ । सांस्कृतिक क्षरणलाई रोक्ने अनेक तरिका हुन सक्छन् । यसका लागि शिक्षा र जागरूकता फैलाउन सकिन्छ । यस्तै, सांस्कृतिक प्रथा, परम्परा, लोककथा, गाथा, गीत, नृत्य आदि सांस्कृतिक निधिको दस्ताबेजीकरण र संरक्षण गर्नतिर हामी लाग्नुपर्छ ।

]]>
https://www.edainikpost.com/2024/06/16/7/feed/ 0
रवि लामिछानेले संसद्‌मा दिएको अभिव्यक्तिबारे कांग्रेसले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ https://www.edainikpost.com/2024/06/14/%e0%a4%b0%e0%a4%b5%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ae%e0%a4%be/ https://www.edainikpost.com/2024/06/14/%e0%a4%b0%e0%a4%b5%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ae%e0%a4%be/#respond Fri, 14 Jun 2024 06:48:38 +0000 https://edainikpost.com/?p=745 काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएका अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए ।

“प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो सदनमै रहेको नेताहरूमाथि अत्यन्तै ज्यादा लाञ्छनापूर्ण आफ्ना अभिव्यक्तिहरू दिनुभयो । हामीले प्रधानमन्त्रीसँग उहाँले अभिव्यक्त गर्नुभएको कुरामा जवाफ दिनुपर्छ भनेर माग गरेका छौँ । मैले के विश्वास गरौँ, हामीले माग गरेको विषयमा तयारी गरेर बस्नुभएको हो कि ?,” उनले भने ।

कांग्रेसले यसअघि पनि लामिछानेको अभिव्यक्तिबारे प्रधानमन्त्रीको जवाफ मागेको थियो ।

]]>
https://www.edainikpost.com/2024/06/14/%e0%a4%b0%e0%a4%b5%e0%a4%bf-%e0%a4%b2%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%9b%e0%a4%be%e0%a4%a8%e0%a5%87%e0%a4%b2%e0%a5%87-%e0%a4%b8%e0%a4%82%e0%a4%b8%e0%a4%a6%e0%a5%8d%e0%a4%ae%e0%a4%be/feed/ 0
सहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव https://www.edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/ https://www.edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/#respond Wed, 14 Feb 2024 07:31:15 +0000 https://edainikpost.com/?p=598
माओवादी नाम नै कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न गाह्रो हुने भन्दै नेकपा (माओवादी केन्द्र) भित्र पार्टीको नाम फेर्न प्रस्ताव आएको छ। काठमाडौंमा मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गरेका छन्। उनले पार्टीको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्न प्रस्ताव गरेका हुन्।
रूकुम, रोल्पा, कर्णाली, गोरखाको आँखाले हेर्दा नाम सही छ तर सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टी विस्तार गर्न आवश्यक भएकाले नाम परिवर्तन गर्न जरूरी छ,’ शर्माले भने। यसअघि गत माघ २८ गते बसेको केन्द्रीय कमिटी बैठकमा पनि उपमहासचिव शर्माले पशुपतिमा पूजारी फेर्ने लगायतका गतिविधिका कारण काठमाडौं उपत्यकामा माओवादी लोकप्रिय हुन नसकेको बताएका थिए।
भारतीय मुलभट्ट हटाएर नेपाली पुजारी राख्न खोज्दा विरोध भएपछि सरकार पछि हटेको थियो। ८ बुँदे पुरक प्रस्ताव पेश गरेका शर्माले सबै तहका कमिटी र पदाधिकारीहरू महाधिवेशन एवं सम्मेलनहरूबाट निर्वाचित हुनुपर्ने बताएका छन्। ‘मुख्य नेतृत्वको छुट्टै महत्त्व रहेको छ। बाँकीले योभन्दा राम्रो गर्ने कम सम्भावना छ,’ शर्माको पुरक प्रस्तावमा उल्लेख छ, ‘आजको विज्ञान प्रविधि र प्रतिस्पर्धा समेतलाई ध्यान दिई युवा पुस्तालाई निर्णायक स्थान दिन अर्को तरिकाबाट सम्भव नभएकाले र व्यापक जनवादमा उभिएको बलियो पार्टी आवश्यक रहेकाले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुनिन जरूरी छ।’
प्रस्तावित विधानमा भने ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट पार्टी कमिटी चयन गर्ने उल्लेख छ। यस्तै शर्माले राखेको पुरक प्रस्तावमा संघ प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उमेदवार छनौट गर्न सम्बन्धित चुनाव क्षेत्रका संगठित सदस्यको मतबाट टुंगो लगाएर सम्बन्धित तहको पार्टीले अनुमोदन गर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ। मंगलबार विधान अधिवेशनमा प्रस्तावित विधानबारे सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शर्माले उठाएका यी विषय खासै नौलो नभएको भन्दै छलफल गर्न सकिने बताए। पुरक प्रस्तावमा शर्माले संघीयताका मर्मअनुसार शक्ति विकेन्द्रीकृत गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्।
शर्माको प्रस्तावले प्रदेश पार्टी समितीलाई स्थायी वा पोलिटब्युरोमा वोटिङ राइटसहित पदेन सदस्य रहने व्यवस्था गर्न आवश्यक छ भन्ने पनि उल्लेख गरेको छ।

]]>
https://www.edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/feed/ 0
बाँदरबाट कृषि बालीमा हुने नोक्सानी कसरी नियन्त्रण गर्न सकिन्छ ? https://www.edainikpost.com/2024/01/13/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/ https://www.edainikpost.com/2024/01/13/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/#respond Sat, 13 Jan 2024 14:26:07 +0000 https://edainikpost.com/?p=571

बाँदरहरूको आतङ्क र कृषि बालीमा हुने क्षतिको कमी गर्नका लागि प्राकृतिक र सामाजिक उपायहरू अपनाइन सक्छ। यसका लागि केहि सुझावहरू निम्नलिखित हुन्:

  1. जङ्गलमा फलफूल रोप्ने कार्यक्रम: बाँदरहरूलाई नियन्त्रण गर्नका लागि जङ्गलमा फलफूल रोप्ने कार्यक्रम लागू गर्न सकिन्छ। जङ्गल र वन्यजन्तुहरूको आतङ्कमुक्त राख्नका लागि यस्ता कार्यक्रमहरू बुझाइएका छन्।
  2. सा–साना चिडियाखाना बनाउनु: बाँदरहरूलाई सा–साना चिडियाखाना बनाउने क्रियाकलापले उनीहरूलाई विशेष भोजन गराइ पर्ने निर्देशन दिन्छ र उनीहरूले खेतीबालीले फसलहरू खान पर्ने संभावना कम हुन्छ।
  3. बाँदरहरूलाई सहरी क्षेत्रबाट दूर बटुलेको: बाँदरहरूलाई सहरी क्षेत्रबाट दूर बटुलेको, विशेषतः कृषि बाली क्षेत्रबाट, उनीहरूको संख्या नियन्त्रण गर्नमा सहायक हुन्छ।
  4. पर्यावरण सन्तुलन बनाए राख्नु: पर्यावरण सन्तुलन बनाए राख्ने कार्यक्रमहरूले वन्यजन्तुहरूले खेती बाली खानुमा हटार पर्ने भयानक परिणामहरूमा मद्दत पनि पुर्याइएको छ।
  5. कृषि बालीमा सुरक्षामुलक बर्फबारी: कृषि बालीमा सुरक्षामुलक बर्फबारी गरेको भने, बाँदरहरूले बार्फले खेतीबालीले खानुपर्ने फलफूलहरू खान पर्ने संभावना कम हुन्छ।
  6. जैविक उपायहरू अपनाउनु: केहि जैविक उपायहरूले बाँदरहरूले कृषि बालीमा हुने क्षतिको सीमा कम गर्दछन्। यसले उनीहरूले फलफूल खानुपर्ने संभावना कम बनाउँछ।
  7. कृषि बालीका उत्पादनमा नयाँ तथा सुरक्षित तथा अधिक उत्पादनको तथा बाँदरहरूको संख्यामा सुरक्षा गर्न लागिएको कामहरू: विभिन्न तकनीकी, खनिज उपाय, जल, वायु, र बायोलोजिकल उपायहरू लागू गरेर आतङ्कमुक्त बनाउन समृद्धि गर्न सकिन्छ।
  8. बाँदरहरूले साधारिता मेताइलाई खाएको खेतमा कृषि बाली खानुपर्ने संभावना कम हुन्छ: बाँदरहरूले साधारिता मेताइलाई पसलमा गएर खान्छन्। त्यस बजाय, बाँदरहरूले साधारिता मेताइलाई खान परेको खेतमा कृषि बाली खानुपर्ने संभावना कम हुन्छ।

यी उपायहरूले बाँदरहरूको आतङ्क र कृषि बालीमा हुने क्षतिको कमी गर्दछन्। यो क्षेत्रमा आवश्यक छ कि सामुदायिक तथा सरकारी संस्थाहरू मिलेर सकारात्मक उपायहरू अपनाउन।

]]>
https://www.edainikpost.com/2024/01/13/%e0%a4%ac%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a4%b0%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b9%e0%a5%81%e0%a4%a8/feed/ 0
प्रधानमन्त्रीले बिहान भने- भारतीय दूतावासले २० करोड सिधै खर्च गर्न पाउने सम्झौता अहिले हुँदैन https://www.edainikpost.com/2024/01/05/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8/ https://www.edainikpost.com/2024/01/05/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8/#respond Fri, 05 Jan 2024 09:55:57 +0000 https://edainikpost.com/?p=535

गत मंसिर २१ गते मन्त्रिपरिषद बैठकमा भारतीय दूतावासले सिधै खर्च गर्न सक्ने गरी दिँदै आएको आर्थिक सहयोग रकम चार गुणा बढाउने प्रस्तावबारे छलफल भएको थियो।

प्रस्तावमा केही मन्त्रीहरूले दूतावासले सोझै खर्च गर्ने रकमको दायरा बढाउनु उपयुक्त नहुने राय राखे। त्यसपछि भारतको आर्थिक सहयोग लिने तर त्यसको मापदण्ड बन्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको आर्थिक समितिलाई प्रस्ताव ल्याउने जिम्मा दिए।

तर आर्थिक समितिले मन्त्रिपरिषदमा प्रस्ताव नलैजाँदै र मन्त्रिपरिषदले उक्त सहयोग स्वीकृत गर्ने निर्णय नगर्दै एउटा आयोजनामा बीस करोड रूपैयाँसम्म खर्च गर्न सक्ने गरी उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना (एचआइसिडिपी) सम्बन्धि सम्झौतापत्रमा बिहीबार हस्ताक्षर भएको छ।

यति मात्रै होइन, प्रधानमन्त्री प्रचण्डले सत्ता-साझेदार दलहरूलाई आयोजना अहिल्यै स्वीकार गर्न लागिएको होइन भनेर प्रस्ट्याएका थिए।

बिहीबार बिहान बसेको सत्ता गठबन्धन दलको बैठकमा भारतीय दूतावासले खर्च गर्ने रकमको दायरा बढाउन लागिएकोबारे प्रश्न उठेको थियो।

जबाफमा प्रधानमन्त्री प्रचण्डले एचआइसिडिपी अन्तर्गतको सहयोग रकम लिने विषय भारतका विदेशमन्त्री जयशंकरको यसपालिको भ्रमणको एजेन्डा नभएको र त्यसबारे सम्झौता नहुने भएकाले चिन्ता लिनु नपर्ने बताएका थिए।

]]>
https://www.edainikpost.com/2024/01/05/%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a5%87-%e0%a4%ac%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%a8-%e0%a4%ad%e0%a4%a8/feed/ 0
जयशंकरको भ्रमणमा २५ वर्षे विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर https://www.edainikpost.com/2024/01/03/%e0%a4%9c%e0%a4%af%e0%a4%b6%e0%a4%82%e0%a4%95%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/ https://www.edainikpost.com/2024/01/03/%e0%a4%9c%e0%a4%af%e0%a4%b6%e0%a4%82%e0%a4%95%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/#respond Wed, 03 Jan 2024 14:49:26 +0000 https://edainikpost.com/?p=511

बिहीबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका दौरार्ण दीर्घकालीन विद्युत व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ। सम्झौता लगातार 25 वर्षको लागि भारतसँग विद्युत व्यापार गर्ने बारेमा 17 जेठमा हस्ताक्षर भएको थियो। भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको दौरार्ण सम्झौता पत्रमा हस्ताक्षर हुने उर्जा, जलस्रोत, र सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज सिंहका अनुसार जनाइएको छ। सम्झौतामा नेपालले भारतले आउटपुट निर्यात गर्ने विषयमा सहमति दिएको छ र यसका लागि आगामी 10 वर्षभित्र 10 हजार मेगावाट विद्युत् निर्यात गर्ने विषयमा समझौता गरेको छ। नेपालले भारतसँग 2014 मा पीपीए  अनुसार ऊर्जा व्यापार सम्झौता गरेको थियो। सोपछि 2078 चैत 18 देखि २० सम्म भएको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण गर्दै ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि लागत्तार बढिरहेको विद्युत चाहिन्छ भन्ने अनुमानले विद्युत् व्यापारमा लामो समयपछि दीर्घकालीन समझौता हुन सकेको रुपमा देखिन्छ।

 

]]>
https://www.edainikpost.com/2024/01/03/%e0%a4%9c%e0%a4%af%e0%a4%b6%e0%a4%82%e0%a4%95%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%a3%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ab-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7/feed/ 0