काठमाडाैँ-  राष्ट्रिय परिक्षा बाेर्ड सानाे ठिमिले कक्षा एघारकाे परिक्षाफल प्रकाशित गरेकाे छ । बाेर्डलेले विज्ञान, मानविकी र शिक्षा संकायकाे रिजल्ट शनिरबार साझँ प्रकाशित गरेकाे हाे । 

याे वर्षकाे परिक्षामा ३ लाख ४७ हजार ७ सय ४८ जना विद्यार्थी सम्मिलित गिए।  ७४ जनाकाे परिक्षा रद्द  गरिएकाे  र १ जनाकाे रिजल्ट स्थगित भएकाे बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । 
परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुनः परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ । 

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा सञ्चालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिनुभयो । एकभन्दा बढी विषयमा डी प्लसभन्दा कम छ भने त्यस्ता विद्यार्थीले अर्को सालमात्रै परीक्षा दिन पाउनेछन् । ग्रेडिङ प्रणाली लागू भएसँगै विद्यार्थीले विषयगतरुपमा नतिजा पाउने छन् । 

स्थानीय तहको निर्वाचनको कारण देखाउँदै पटकपटक मिति सार्दै असार १ गतेदेखि सञ्चालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै बोर्डले सात महिनापछि नतिजा सार्वजनिक गरेको हो । 

हेर्नुस् कति नम्बर ल्याउँदा कुन ग्रेड अाउँछ ः

गेडः                            नम्बर

A+                              ९० - १००

A                                ८०- ८९

B+                              ७० - ७९

B                               ६०- ६९

C+                             ५०- ५९

C                               ४०- ४९    

D+                             ३०- ३९

D                              २०- २९

E                               ०- १९

परिक्षाकाे नतिजा हेर्ने तरिका