एनएसएलको नयाँ च्याम्पियन को बन्ला, यस्तो छ धनगढी र ललितपुरको फाइनल यात्रा

फुटबल: नेपाल सुपर लिगको च्याम्पियनसिपमा नयाँ उच्चतम पुरस्कार प्राप्त गर्दैछ

काठमाडौं, १४ पुस: नेपाल सुपर लिग (एनएसएल) ले आज नयाँ च्याम्पियन पारित गरेको छ। इसका लागि साविक विजेता धनगढी एफसी र ललितपुर सिटी एफसी आज खेल्ने छन्। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा साँझ साढे ५ बजे सुरु हुनेछ।

पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले नै एलिमिनेटरमा ललितपुरसँग पराजित हुँदै बाहिरिएपछि एनएसएलले नयाँ विजेता पाउँदैछ। पहिलो संस्करणको फाइनल पुगेपनि पराजित भएको धनगढी एफसी लगातार दोस्रोपटक फाइनल खेल्दैछ र उसलाई फाइनलको अनुभव थाहा छ। ललितपुर भने पहिलोपटक फाइनल पुगेको हो र उसका लागि यो नयाँ अनुभव हुनेछ।

यसपटक रमाइलो संयोग के रह्यो भने धनगढी र ललितपुर दुवैले एकै टिम पोखरा थण्डर्सलाई हराएर फाइनल पुगेका हुन्। फ्रेन्चाइज लिगहरुमा लिग चरणको खेलपछि प्लेअफका खेलहरु हुने भएकोले शीर्ष दुईमा रहने टिमले फाइदा पाउँछन्।

लिगमा पोखरा शीर्ष स्थानमा थियो भने धनगढी दोस्रो तथा ललितपुर चौथोमा थियो। पहिलो क्वालिफायर पोखरा र धनगढीबीच भयो। धनगढीले पोखरालाई पेनाल्टी सुटआउटमा हराएर फाइनल पुग्यो। त्यसपछि ललितपुरले एलिमिनेटरमा काठमाडौंलाई पराजित गरेको। तर, ललितपुरले फेरि अर्को खेल खेल्नुपरेको छ। त्यो खेल पोखरासँग थियो। पोखरालाई २-१ ले पराजित गर्दै ललितपुरले फाइनलमा धनगढीसँग उपाधि भेट पक्का गरेको हो।

यसपटक देवेन्द्र तामाङको कप्तानीमा खेलेको धनगढीमा आशिष चौधरी मार्की खेलाडी छन्। यस्तै घरेलु फुटबलमा चर्चित ओलावाले आफिज, फोडे फोफानादेखि अनुभवी विदेशी डियाग्ने फालोउ र रिचर्ड तथा पछिल्लो समय नेपाली लिगमा चर्चित अहमद हिजाजी र मोहमद ताहा पनि धनगढीको टिममा छन्।

उता ललितपुरमा कप्तान अनन्त तामाङसहित राष्ट्रिय टिमकै चार खेलाडी छन्। दिनेश हेन्जन, सेसेहाङ आङदम्बे र सनिश श्रेष्ठ राष्ट्रिय टिमका खेलाडी हुन्। यस्तै गोलकिपरमा फ्रान्सका जेफ्री बाल्टुस तथा फरवार्डमा फ्रान्सकै पापा इबकोउ केबे र नाइजेरियाका इमोह इजेकेल छन्। घरेलु फुटबलमा अनुभवी नाइजेरियाका डिफेण्डर ओमाला करिमब पनि ललितपुरमा छन्।

यस बाहेक डिफेण्डर सन्जित राईले राम्रो प्रदर्शन गरिरहेका छन्। तर क्वालिफायर टु मा पोखराविरुद्ध रातो कार्ड पाएका भारतीय खेलाडी निखिल कदम ललितपुरको टिममा हुने छैनन्। यस्तै विवेक पौडेल र रोशन पहारी जस्ता खेलाडी चोटका कारण नखेल्न सक्छन्।

त्यसैले फाइनलमा ललितपुरले केही खेलाडीलाई गुमाउने प्रशिक्षक इयान आन्द्रे गिलानले पनि स्वीकार गरेका छन्। उनले फाइनल यात्रालाई रोलर कोस्टर जर्नी मानेका छन् र फाइनल कठिन हुने बताए। ‘फाइनल कठिन हुनेछ। किनकि यो प्रतियोगिताको क्लाइमेक्स हो,’ गिलानले प्रि म्याचमा भने। उनले फाइनलमा रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने बताए।

यसपटक दुवै टिमका कप्तान डिफेण्डर छन् र राम्रो प्रदर्शन गरिरहेका छन्। पहिलो सिजनमा फाइनल पुग्ने दुवै टिमका कप्तान गोलकिपर थिए। काठमाडौंका कप्तान र मार्की दुवै विकेश कुथु थिए। धनगढीको मार्की विशाल राई हुँदा कप्तान गोलकिपर किरणकुमार लिम्बु थिए।

यसपटक पनि फाइनल खेल्ने एक टिम ललितपुरको मार्की र कप्तान अनन्त तामाङ छन्। तर धनगढीको भने पहिले जस्तै मार्की र कप्तान फरक छन्।

Leave a Reply