अरुलाई पनि खेल खेल्न प्रेरित गर्नुस्ः बालेन साह

काठमाडौं । तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिब ३२ सय विद्यार्थीहरूले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बताए ।

उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिन सक्ने आकर्षण बिन्दु बनाउन विद्यार्थीहरूलाई आग्रह गरे । उनले मेडल प्राप्त गर्न ठूलो कुरा नभएको भन्दै, अरूलाई पनि इन्स्पायर बनाएर आफ्नो खेलमा खेल्ने ठूलो कुरा रहेको बताए ।

Laxmi sunrise bank उनले भने, ‘आजबाट शुरु हुने तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्डमा अहिले ३२ सय विद्यार्थीहरूले भाग लिनुभएको छ । आगामी दिनमा बढाएर बिस्तारै ५ हजार देखि १० हजारसम्म भाग लिनुहोस् । मेडल प्राप्त गर्न ठूलो कुरा होइन, अरूलाई पनि इन्स्पायर बनाएर आफ्नो साथीहरूसँग खेल्ने बनाउनु ठूलो कुरा हो । आउटहरूले भविष्यका दिनमा विश्वकप ल्याउनु, ओलम्पिक जित्नु भनेर म पनि मन्त्रणा गरिरहेछु । त्यो प्रेरणा दिन चाहन्छु । तपाईहरूले आफ्नो साथीहरूलाई पनि इन्स्पायर गर्नुहोस् ।’

मेयर साहले विश्वकप र ओलम्पिक जित्नुस् भन्ने दबाब आफूले मात्र नदिने भनी आफूसँगै र अन्यलाई पनि खेल्न प्रेरित गर्न आग्रह गरे ।

 

Leave a Reply