नेपालको यू–१९ विश्वकप यात्रा

काठमाडौँ । यो महिनामा दक्षिण अफ्रिकामा आयोजित हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता को लागि, नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुनेछ ।

देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवाष भण्डारी र दीपक बोहरा रहेका छन् ।

उत्तम रंगु थापामगर, बिपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टोलीमा छन् । यू–१९ विश्वकपमा कुल १६ देशको सहभागिता छ । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै पाकिस्तान, न्युजिल्यान्ड, र अफगानिस्तान छन् । नेपाली टोलीले आफ्नो पहिलो खेल जनवरी २१ तारिखमा न्युजिल्यान्डसँग खेल्नेछ ।

नेपालले यसैगरी आफ्नो दोस्रो खेल जनवरी २४ मा पाकिस्तानसँग र तेस्रो खेल जनवरी २७ मा अफगानिस्तानसँग खेल्नेछ । प्रतियोगिताको समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया छन् ।

समूह ‘बी’ मा दक्षिण अफ्रिका, इङ्ग्ल्याण्ड, वेस्ट इन्डिज र स्कटल्याण्ड छन् । समूह ‘ए’ मा भारत, बांग्लादेश, अमेरिका र आयरल्याण्ड छन् । पहिलो चरणको खेलको समाप्ति पछि प्रत्येक समूहबाट तीन–तीनवटा टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् ।

‘सुपर सिक्स’ चरणमा पुग्ने १२ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । ‘सुपर सिक्स’ चरणमा एक समूहमा समूह ‘ए’ र समूह ‘डी’ बाट आएका ६ टोली समावेश हुनेछन् । ‘सुपर सिक्स’ चरणमा दोस्रो समूहमा भने समूह ‘बी’ र समूह ‘सी’ बाट आएका ६ टोली रहने छन् ।

Leave a Reply