प्रधानमन्त्री कपमा मधेस प्रदेशको विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर, र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएका छन्।

मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १२७ रनमा अलआउट भएको हो। कोशीका कप्तान अंकित सुवेदीले ४० रन र फिर्दोस अन्सारीले ४१ रन जोड्दा अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। बलिङमा मधेसका प्रदीप पासवानले ३ विकेट लिए भने राजेश यादव, रन्जित कुमार र पवन सर्राफले २-२ विकेट लिएका छन्। मधेसले २०.१ ओभरमा ३ विकेट गुमाएर पार गरेको हो। अनिल साहले मधेसको लागि ८८ रनको योगदान गरेका छन्। उनले ५४ बलमा १४ चौका र ३ छक्का प्रहार गरेका छन्।

त्यसैगरी, कीर्तिपुरमा बागमती प्रदेशविरुद्ध नेपाल पुलिस क्लबका रासिद खानले नटआउट १०६ रनको योगदान गरेका छन्। उनको शतकमा पुलिसले ८ विकेटको क्षतिमा २८२ रन जोडेको छ।

Leave a Reply