https://edainikpost.com Thu, 22 Feb 2024 06:38:10 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.5 https://edainikpost.com/wp-content/uploads/2023/12/cropped-cropped-IMG_4986-32x32.jpg https://edainikpost.com 32 32 १८ जना प्रहरी सम्पर्कविहीन https://edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a5%25a7%25e0%25a5%25ae-%25e0%25a4%259c%25e0%25a4%25a8%25e0%25a4%25be-%25e0%25a4%25aa%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25b8%25e0%25a4%25ae%25e0%25a5%258d%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b9 https://edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/#respond Thu, 22 Feb 2024 06:38:10 +0000 https://edainikpost.com/?p=625 प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो। केही प्रहरी […]

The post १८ जना प्रहरी सम्पर्कविहीन first appeared on .

]]>

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो।

केही प्रहरी मंसिरदेखि गैरहाजिर छन्। खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।

 

The post १८ जना प्रहरी सम्पर्कविहीन first appeared on .

]]>
https://edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/feed/ 0
बालकुमारी घटनाबारे ओलीको टिप्पणी https://edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%25b2%25e0%25a4%2595%25e0%25a5%2581%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%2598%25e0%25a4%259f%25e0%25a4%25a8%25e0%25a4%25be%25e0%25a4%25ac%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%2587-%25e0%25a4%2593%25e0%25a4%25b2%25e0%25a5%2580%25e0%25a4%2595%25e0%25a5%258b https://edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/#respond Wed, 21 Feb 2024 06:16:18 +0000 https://edainikpost.com/?p=622 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्। सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई […]

The post बालकुमारी घटनाबारे ओलीको टिप्पणी first appeared on .

]]>

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्।

सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हटाउन नसकेको पनि उनले बताए।

‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छ? भनेर उनले प्रश्न समेत गरेका छन्।

त्यस्तै, उनले यसरी सरकारले लोकतन्त्रकै मजाक बनाइरहेको पनि टिप्पणी गरेका छन्।

‘जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्‍थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ? के हो लोकतन्त्र? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ? यो गठबन्धनले यो काम गरिरहेको छ,’ उनले भने।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य थिए।

उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको आयोगले जनाएको छ।

 

 

cg banner 3

The post बालकुमारी घटनाबारे ओलीको टिप्पणी first appeared on .

]]>
https://edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/feed/ 0
मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत https://edainikpost.com/2024/02/19/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25a7%25e0%25a5%2587%25e0%25a4%25b8%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25ae%25e0%25a5%2581%25e0%25a4%2596%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%25af%25e0%25a4%25be%25e0%25a4%25a6%25e0%25a4%25b5 https://edainikpost.com/2024/02/19/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5/#respond Mon, 19 Feb 2024 08:47:10 +0000 https://edainikpost.com/?p=617 मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे। नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ […]

The post मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत first appeared on .

]]>

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे।

नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि र समर्थनसमेत फिर्ता लिएपछि मुख्यन्त्री यादवले विश्वासको मत लिएका हुन्।

जसपाका यादव गत पुस २७ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए।

त्यतिबेला फेरि एमालेले सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री यादवले सिंगो सदनको विश्वासको मत पाए र मधेस सरकार प्रतिपक्षीविहीन बन्यो। सरकार टिकाइराख्न मधेसमा १०७ प्रदेश सभा सदस्यहरुमध्ये यादवलाई ५४ जना सदस्यको समर्थन आवश्यक थियो।

जसपासहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको अहिले प्रदेशसमा संयुक्त सरकार छ। मधेसमा नेपाली कांग्रेसका २२, जसपाका १८, माओवादी केन्द्र र लोसपाका ९–९ र एकीकृत समाजवादीका ७ जना सांसद छन्।

 

The post मधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत first appeared on .

]]>
https://edainikpost.com/2024/02/19/%e0%a4%ae%e0%a4%a7%e0%a5%87%e0%a4%b8%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a5%81%e0%a4%96%e0%a5%8d%e0%a4%af%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%af%e0%a4%be%e0%a4%a6%e0%a4%b5/feed/ 0
व्यवसायी मीनबहादुर गुरूङलाई दुई वर्ष कैद https://edainikpost.com/2024/02/16/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%ae%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%82%e0%a4%99/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b5%25e0%25a5%258d%25e0%25a4%25af%25e0%25a4%25b5%25e0%25a4%25b8%25e0%25a4%25be%25e0%25a4%25af%25e0%25a5%2580-%25e0%25a4%25ae%25e0%25a5%2580%25e0%25a4%25a8%25e0%25a4%25ac%25e0%25a4%25b9%25e0%25a4%25be%25e0%25a4%25a6%25e0%25a5%2581%25e0%25a4%25b0-%25e0%25a4%2597%25e0%25a5%2581%25e0%25a4%25b0%25e0%25a5%2582%25e0%25a4%2599 https://edainikpost.com/2024/02/16/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%ae%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%82%e0%a4%99/#respond Fri, 16 Feb 2024 04:58:37 +0000 https://edainikpost.com/?p=611 अदालतले भाटभटेनी सुपरमार्केटका सच्चालक   मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ।बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो। उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले […]

The post व्यवसायी मीनबहादुर गुरूङलाई दुई वर्ष कैद first appeared on .

]]>

अदालतले भाटभटेनी सुपरमार्केटका सच्चालक   मीनबहादुर गुरूङलाई दुई वर्ष कैद र ८० लाख जरिवाना सजाय सुनाएको छ।बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पुर्याएर भ्रष्टाचार गरेको मुद्दामा फैसला गर्दै मीनबहादुर सहितलाई दोषी ठहर गरेको हो।

उनीसँगै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख दिप बस्न्यात, पूर्व सचिव छविराज पन्तले मन्त्रिपरियदको निर्णयको आवरणमा नक्कली मोही खडा गरी १९ रोपनी जग्गा सट्टापट्टा गरेको भन्दै २ वर्ष ८० लाख जरिवाना सुनाएको हो। राम सुवेदी, शोभाकान्त ढकाललाई पनि सोही सजाय सुनाएको छ।

उनीहरूलाई जस्तै कसुर गरेको अभियोग लागेका मन्त्रीहरू विजयकुमार गच्छदार र डम्बर श्रेष्ठलाई भने सफाइ दिएको छ। उनीहरूले नीतिगत निर्णय गरेको भन्दै सफाइ दिएको हो। पूर्व सचिव दिनेशहरि अधिकारी र चन्द्रदेव जोशीले पनि सफाइ पाएका छन्।

 

Ntc

The post व्यवसायी मीनबहादुर गुरूङलाई दुई वर्ष कैद first appeared on .

]]>
https://edainikpost.com/2024/02/16/%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%b8%e0%a4%be%e0%a4%af%e0%a5%80-%e0%a4%ae%e0%a5%80%e0%a4%a8%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b0-%e0%a4%97%e0%a5%81%e0%a4%b0%e0%a5%82%e0%a4%99/feed/ 0
मन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल https://edainikpost.com/2024/02/15/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%af-%e0%a4%95/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25b7%25e0%25a4%25a6%25e0%25a5%258d%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%25a8%25e0%25a4%25bf%25e0%25a4%25b0%25e0%25a5%258d%25e0%25a4%25a3%25e0%25a4%25af-%25e0%25a4%2595 https://edainikpost.com/2024/02/15/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%af-%e0%a4%95/#respond Thu, 15 Feb 2024 07:10:23 +0000 https://edainikpost.com/?p=606  बारा । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला तोक्न ढिलाइ गर्दा आयोजनाको सम्पूर्ण काम ठप्प प्रायः भएको छ ।  विमानस्थल आयोजना कार्यालय सिमराले माघ १० गते निर्माणाधीन विमानस्थलको चार किल्ला तोकेर पठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । मन्त्रालयमा पठाएको सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ हुँदा विस्तृत वातावरणीय प्रभाव […]

The post मन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल first appeared on .

]]>

 बारा । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला तोक्न ढिलाइ गर्दा आयोजनाको सम्पूर्ण काम ठप्प प्रायः भएको छ ।  विमानस्थल आयोजना कार्यालय सिमराले माघ १० गते निर्माणाधीन विमानस्थलको चार किल्ला तोकेर पठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाएको छ ।

मन्त्रालयमा पठाएको सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ हुँदा विस्तृत वातावरणीय प्रभाव मूल्याङ्कन, डीपीआर,मास्टर प्लान, टाँगियाबस्ती व्यवस्थापन लगायतको सम्पूर्ण काम रोकिएको आयोजना कार्यालयका प्रमुख विजयकुमार यादवले बताए ।   यसअघि वातावरणको विषयलाई लिएर परेको मुद्दामा २०७९ जेठ १२ गते सर्वोच्च अदालतले निजगढ विमानस्थल सम्बन्धी यसअघि भए गरेका सम्पूर्ण निर्णयहरूलाई खारेज गरेर पुनः विज्ञ समूह गठन गरेर काम अगाडि बढाउन निर्देशन दिएको थियो ।

सर्वोच्चको सोही निर्देशनको आधारमा गत कार्त्तिक २३ गते मन्त्रिपरिषद्ले विज्ञ समूहको प्रतिवेदनलाई आधारमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयलाई निर्देशन दिएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यालयका प्रमुख यादवले विज्ञ समूहको प्रतिवेदनकै आधारमा ४ किल्ला निर्धारण गरेर सो प्रस्ताव मन्त्रालयमा पठाइएको बताए । ‘मन्त्रिपरिषद्बाट लिखित रूपमा निर्णय नआएसम्म अहिले सीमाङ्कन छुट्याउने लगायत केही काम अगाडि बढ्न सक्ने अवस्था छैन’ यादवले भने ।

आयोजना कार्यालयबाट पठाइएको प्रस्तावमा कानुन मन्त्रालयको समेत राय सुझाव समावेश गरेर सो प्रस्ताव मन्त्रिपरिषद्मा पेस हुन्छ र मन्त्रीपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएर आउँछ । प्रमुख यादवले विज्ञ समूहको प्रतिवेदनका आधारमा पसाहादेखि बकैयासम्मको करिब ९ हजार हेक्टर वन क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेर सो भित्र पर्ने टाँगियाबस्ती र आसपासको खाली भूभागलाई समेटेर पहिलो चरणमा विमानस्थलको काम अगाडि बढ्ने जनाएका छन् । उनले पहिलो चरणमा वन क्षेत्रलाई  हानि नोक्सानी नपुर्‍याइ १ हजार ९३३ हेक्टर मात्रै प्रयोगमा ल्याउने बताए ।

टाँगियाबस्तीले करिब ७ सय बिगाहा राष्ट्रिय वन क्षेत्रको जग्गा भोगचलन गर्दै आएको छ ।  सो क्षेत्रमा रहेका बस्तीलाई व्यवस्थापनका लागि यसअघि पनि पटक पटक प्रयास भए पनि राजनीतिक दलहरूले चुनावी दाउपेचका लागि टाँगियाबस्तीमा विद्युतीकरण, खानेपानी, विद्यालय निर्माण, राष्ट्रिय वन क्षेत्रभित्र बसोबास गर्नेलाई जग्गाको निस्सा वितरण गर्दै आएका छन् ।

आयोजना कार्यालयका प्रमुख यादवले विस्तृत वातावरणीय अध्ययन प्रतिवेदनमा टाँगियाबस्तीलाई कसरी र कहाँ व्यवस्थापन गर्ने भन्ने विषय खुलाइने जनाए । आयोजना कार्यालयले भूमि आयोगसँग समन्वय गरेर टाँगियाबस्तीमा बसोबास गर्दै आएका वास्तविक सुकुम्वासी भए नभएको पहिचान गरेर मात्रै बसोबासको प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

टाँगियाबस्तीमा २ हजार बढी घरधुरी रहेका बसोबास गर्दै आएका छन् । यता विमानस्थलको काँटघाटको नम्बरी जग्गामा बसोबास गर्दै आएका ११० घरधुरी मध्ये ७१ घरधुरीले मुआब्जा बुझिसकेका छन् ।  अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका यसअघि १ खर्व २० अर्व लागत लाग्ने जनाए पनि निर्माणको काम ढिला हुँदा लागत बढेर २ खर्वसम्म पुग्न सक्ने आयोजना कार्यालयले जनाएको छ ।

The post मन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल first appeared on .

]]>
https://edainikpost.com/2024/02/15/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6%e0%a5%8d%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%af-%e0%a4%95/feed/ 0
सहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव https://edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b8%25e0%25a4%25b9%25e0%25a4%25b0%25e0%25a5%2580-%25e0%25a4%2595%25e0%25a5%258d%25e0%25a4%25b7%25e0%25a5%2587%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%25b8%25e0%25a4%2582%25e0%25a4%2597%25e0%25a4%25a0%25e0%25a4%25a8-%25e0%25a4%2597%25e0%25a4%25b0%25e0%25a5%258d https://edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/#respond Wed, 14 Feb 2024 07:31:15 +0000 https://edainikpost.com/?p=598 माओवादी नाम नै कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न गाह्रो हुने भन्दै नेकपा (माओवादी केन्द्र) भित्र पार्टीको नाम फेर्न प्रस्ताव आएको छ। काठमाडौंमा मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गरेका छन्। उनले पार्टीको नाम परिवर्तन गरेर […]

The post सहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव first appeared on .

]]>
माओवादी नाम नै कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न गाह्रो हुने भन्दै नेकपा (माओवादी केन्द्र) भित्र पार्टीको नाम फेर्न प्रस्ताव आएको छ। काठमाडौंमा मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गरेका छन्। उनले पार्टीको नाम परिवर्तन गरेर नेकपा समाजवादी राख्न प्रस्ताव गरेका हुन्।
रूकुम, रोल्पा, कर्णाली, गोरखाको आँखाले हेर्दा नाम सही छ तर सबैभन्दा ठूलो जनसंख्या भएको काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टी विस्तार गर्न आवश्यक भएकाले नाम परिवर्तन गर्न जरूरी छ,’ शर्माले भने। यसअघि गत माघ २८ गते बसेको केन्द्रीय कमिटी बैठकमा पनि उपमहासचिव शर्माले पशुपतिमा पूजारी फेर्ने लगायतका गतिविधिका कारण काठमाडौं उपत्यकामा माओवादी लोकप्रिय हुन नसकेको बताएका थिए।
भारतीय मुलभट्ट हटाएर नेपाली पुजारी राख्न खोज्दा विरोध भएपछि सरकार पछि हटेको थियो। ८ बुँदे पुरक प्रस्ताव पेश गरेका शर्माले सबै तहका कमिटी र पदाधिकारीहरू महाधिवेशन एवं सम्मेलनहरूबाट निर्वाचित हुनुपर्ने बताएका छन्। ‘मुख्य नेतृत्वको छुट्टै महत्त्व रहेको छ। बाँकीले योभन्दा राम्रो गर्ने कम सम्भावना छ,’ शर्माको पुरक प्रस्तावमा उल्लेख छ, ‘आजको विज्ञान प्रविधि र प्रतिस्पर्धा समेतलाई ध्यान दिई युवा पुस्तालाई निर्णायक स्थान दिन अर्को तरिकाबाट सम्भव नभएकाले र व्यापक जनवादमा उभिएको बलियो पार्टी आवश्यक रहेकाले प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुनिन जरूरी छ।’
प्रस्तावित विधानमा भने ५१ प्रतिशत प्रत्यक्ष र ४९ प्रतिशत समानुपातिक प्रणालीबाट पार्टी कमिटी चयन गर्ने उल्लेख छ। यस्तै शर्माले राखेको पुरक प्रस्तावमा संघ प्रदेश र स्थानीय तहमा निर्वाचित हुने उमेदवार छनौट गर्न सम्बन्धित चुनाव क्षेत्रका संगठित सदस्यको मतबाट टुंगो लगाएर सम्बन्धित तहको पार्टीले अनुमोदन गर्ने व्यवस्था राख्नुपर्ने उल्लेख छ। मंगलबार विधान अधिवेशनमा प्रस्तावित विधानबारे सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शर्माले उठाएका यी विषय खासै नौलो नभएको भन्दै छलफल गर्न सकिने बताए। पुरक प्रस्तावमा शर्माले संघीयताका मर्मअनुसार शक्ति विकेन्द्रीकृत गर्नुपर्ने प्रस्तावसमेत गरेका छन्।
शर्माको प्रस्तावले प्रदेश पार्टी समितीलाई स्थायी वा पोलिटब्युरोमा वोटिङ राइटसहित पदेन सदस्य रहने व्यवस्था गर्न आवश्यक छ भन्ने पनि उल्लेख गरेको छ।

The post सहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव first appeared on .

]]>
https://edainikpost.com/2024/02/14/%e0%a4%b8%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a5%87%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%82%e0%a4%97%e0%a4%a0%e0%a4%a8-%e0%a4%97%e0%a4%b0%e0%a5%8d/feed/ 0
मन्त्रिपरिषद विस्तारसँगै कोशीको सत्ता राजनीतिमा नयाँ दरार https://edainikpost.com/2024/02/13/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%81%e0%a4%97/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25ae%25e0%25a4%25a8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25aa%25e0%25a4%25b0%25e0%25a4%25bf%25e0%25a4%25b7%25e0%25a4%25a6-%25e0%25a4%25b5%25e0%25a4%25bf%25e0%25a4%25b8%25e0%25a5%258d%25e0%25a4%25a4%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a4%25b8%25e0%25a4%2581%25e0%25a4%2597 https://edainikpost.com/2024/02/13/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%81%e0%a4%97/#respond Tue, 13 Feb 2024 07:00:32 +0000 https://edainikpost.com/?p=594 कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयले शुक्रबार अपराह्नतिर सञ्चारकर्मीहरूलाई एकैपटक दुइटा सूचना पठाएको थियो। त्यसमध्ये पहिलो थियो, कोशीका ‘पहिचानवादी’ सँगको वार्ता ‘सफल भएको’। अर्को थियो, आजै मन्त्रिपरिषद विस्तार हुनेबारेको सूचना। कोशी नाम खारेजीको माग गर्दै झन्डै ११ महिनादेखि प्रदेशमा आन्दोलनरत ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ सँगको वार्ता सफल भएको घटनालाई मुख्यमन्त्री कार्यालयले आफ्नो […]

The post मन्त्रिपरिषद विस्तारसँगै कोशीको सत्ता राजनीतिमा नयाँ दरार first appeared on .

]]>
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयले शुक्रबार अपराह्नतिर सञ्चारकर्मीहरूलाई एकैपटक दुइटा सूचना पठाएको थियो।

त्यसमध्ये पहिलो थियो, कोशीका ‘पहिचानवादी’ सँगको वार्ता ‘सफल भएको’।

अर्को थियो, आजै मन्त्रिपरिषद विस्तार हुनेबारेको सूचना।

कोशी नाम खारेजीको माग गर्दै झन्डै ११ महिनादेखि प्रदेशमा आन्दोलनरत ‘प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ सँगको वार्ता सफल भएको घटनालाई मुख्यमन्त्री कार्यालयले आफ्नो ठूलो उपलब्धि भएको बताएको छ।

यसअघि संसदले सभामुख छानेको विषयलाई समेत सरकारकै उपलब्धि भनेर प्रचार गरेको मुख्यमन्त्री कार्यालयले सरकारी वार्ता टोली र आन्दोलनकारीबीचको शुक्रबार भएको पाँच बुँदे सहमतिलाई झनै ठूलो सफलता ठानेको छ। त्यही आशयको सूचना मुख्यमन्त्री कार्यालयले सबैतिर प्रेषित गरेको थियो।

यही सफलताको खुसी साट्दै शुक्रबार साँझ पाँच बजेतिर मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद विस्तार गरे।

 

The post मन्त्रिपरिषद विस्तारसँगै कोशीको सत्ता राजनीतिमा नयाँ दरार first appeared on .

]]>
https://edainikpost.com/2024/02/13/%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0%a4%b7%e0%a4%a6-%e0%a4%b5%e0%a4%bf%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be%e0%a4%b0%e0%a4%b8%e0%a4%81%e0%a4%97/feed/ 0
उपकुलपतिका लागि आवेदन दिएकाहरू विरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री https://edainikpost.com/2024/02/12/%e0%a4%89%e0%a4%aa%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%86%e0%a4%b5%e0%a5%87%e0%a4%a6%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%2589%25e0%25a4%25aa%25e0%25a4%2595%25e0%25a5%2581%25e0%25a4%25b2%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a4%25be-%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2597%25e0%25a4%25bf-%25e0%25a4%2586%25e0%25a4%25b5%25e0%25a5%2587%25e0%25a4%25a6%25e0%25a4%25a8-%25e0%25a4%25a6%25e0%25a4%25bf https://edainikpost.com/2024/02/12/%e0%a4%89%e0%a4%aa%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%86%e0%a4%b5%e0%a5%87%e0%a4%a6%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf/#respond Mon, 12 Feb 2024 07:19:23 +0000 https://edainikpost.com/?p=589 काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरू विरूद्ध कुनै पनि उजुरी नपरेको पाइएको छ। संसदको शिक्षा समितिमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको बताइन्।तथा, विभिन्न खालका विवादहरूको सन्दर्भमा राज्यमन्त्री कुमारीले उनीहरूका विरुद्धमा कुनै पनि उजुरी नपरेपछि सर्टलिष्टमा परेको बताइन्। ‘उहाँहरूले आवेदन दिनुभयो। आवेदन दिएपछि उहाँहरूका विरुद्धमा कुनै पनि […]

The post उपकुलपतिका लागि आवेदन दिएकाहरू विरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री first appeared on .

]]>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरू विरूद्ध कुनै पनि उजुरी नपरेको पाइएको छ। संसदको शिक्षा समितिमा बोल्दै शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले आवेदनकर्ताका विरुद्धमा कुनै पनि उजुरी नपरेको बताइन्।तथा, विभिन्न खालका विवादहरूको सन्दर्भमा राज्यमन्त्री कुमारीले उनीहरूका विरुद्धमा कुनै पनि उजुरी नपरेपछि सर्टलिष्टमा परेको बताइन्।

‘उहाँहरूले आवेदन दिनुभयो। आवेदन दिएपछि उहाँहरूका विरुद्धमा कुनै पनि उजुरी परेन । त्यसपछि समितिले सर्टलिष्टमा छनोटमा पर्नुभयो’ राज्यमन्त्री प्रमिलाले भनिन्। सर्टलिष्टमा परेका तीर्थ खनियामाथि बौद्धिक चोरीको आरोप लागेको थियो, र उनले समेत उपकुलपतिको लागि आवेदन दिएका थिए।

त्यस्तै हालका उपकुलपति प्राडा शिवलाल भुसाल समेत उपकुलपतिको लागि सर्टलिष्टमा परेका छन्। उनीमाथि सूचना लुकाएको आरोपमा राष्ट्रिय सूचना आयोगले ५ हजार रुपैयाँ जरिवाना गरेको थियो। समिति सदस्यहरूले उनी सर्ट लिस्टमा परेको विषयमा समेत प्रश्न गरेका थिए।

मेरिटको आधारमा उपकुलपति छनोट गर्न लागिएको दाबी गरेको भन्दै विभिन्न आरोप लागेको व्यक्तिले कसरी आवेदन पाउने मौका पाएको भन्दै उनीहरू|

The post उपकुलपतिका लागि आवेदन दिएकाहरू विरुद्ध कुनै उजुरी परेको छैन : शिक्षा राज्यमन्त्री first appeared on .

]]>
https://edainikpost.com/2024/02/12/%e0%a4%89%e0%a4%aa%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%86%e0%a4%b5%e0%a5%87%e0%a4%a6%e0%a4%a8-%e0%a4%a6%e0%a4%bf/feed/ 0
चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका न्यायाधीशको सरूवा https://edainikpost.com/2024/02/12/%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%259a%25e0%25a5%258c%25e0%25a4%25a7%25e0%25a4%25b0%25e0%25a5%2580%25e0%25a4%25b2%25e0%25a4%25be%25e0%25a4%2588-%25e0%25a4%259c%25e0%25a4%25ae%25e0%25a4%25be%25e0%25a4%25a8%25e0%25a4%25a4%25e0%25a4%25ae%25e0%25a4%25be-%25e0%25a4%259b%25e0%25a5%258b%25e0%25a4%25a1%25e0%25a5%258d%25e0%25a4%25a8%25e0%25a5%2587 https://edainikpost.com/2024/02/12/%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87/#respond Mon, 12 Feb 2024 06:54:44 +0000 https://edainikpost.com/?p=584 प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौंको मुगु जिल्ला अदालतमा न्यायाधीश यज्ञप्रसाद आचार्यलाई काम सरुवा गरेका छन्। यस बारे जानकारी दिएको छ।न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काम सरुवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जनकारी दिएका छन्।न्यायाधीशहरूको सरुवा न्यायपरिषदले गरेको छानबिन पनि काम सरुवा भने प्रधान न्यायाधीशले गर्नेछन्। एक सदस्य अनुसार, जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको […]

The post चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका न्यायाधीशको सरूवा first appeared on .

]]>
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले काठमाडौंको मुगु जिल्ला अदालतमा न्यायाधीश यज्ञप्रसाद आचार्यलाई काम सरुवा गरेका छन्। यस बारे जानकारी दिएको छ।न्यायाधीश आचार्यको मुगु जिल्ला अदालतमा काम सरुवा भएको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जनकारी दिएका छन्।न्यायाधीशहरूको सरुवा न्यायपरिषदले गरेको छानबिन पनि काम सरुवा भने प्रधान न्यायाधीशले गर्नेछन्।

एक सदस्य अनुसार, जिल्ला न्यायाधीश आचार्यले सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याएको आरोप लागेको थियो, र व्यापारी अरूण चौधरीलाई जमानतमा छोड्ने आदेश अस्वाभाविक देखिएको छ।आचार्यमाथि न्यायपरिषदले छानबिन गर्ने पनि ती सदस्यले जनकारी दिएका हुन्छन्। ‘चौधरीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागिएको निवेदनमा आचार्यले दिएको जमानतको आदेश अस्वभाविक देखिएपछि प्रधान न्यायाधीशले मुगु जिल्ला अदालतमा काम सरुवा गरिदिएका हुन्। अब न्यायपरिषदले उनीमाथि छानबिन सुरू गर्छ,’ उनले भनेका हुन्।

बाँसबारी छालाजुत्ता को सरकारी जग्गा आफ्नो नाममा पुर्‍याएको भन्दै उनीसहित तीन जनामा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले छानबिन गरिरहेको थिए। चौधरीसहित तीनै जनालाई पक्राउ गरि हिरासतमा राखेर अनुसन्धान अघि बढाएको सिआइबी माघ २२ गते हिरासतमा राख्ने म्याद थपिएको थियो।न्यायाधीश आचार्यको इजलासले उनीहरूलाई २५ दिन हिरासतमा राख्नुपर्ने कारण नदेखिएको भन्दै त्यही दिनदेखि लागू हुने गरी दुई दिन म्याद थपेको थियो। थपिएको दुई दिनको म्यादमा उनीहरूलाई गराउनुपर्ने कागज गराएर जमानीमा छोड्न भनेको थियो।

सिआइबीले तीन महिनाभन्डा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडलाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाएको पाइएको सिआइबीले जनाएको छ।

केही समय अघि पत्रकार सम्मेलन गर्दै सिआइबीका एसएसपी दिनेश आचार्यले उक्त स्थानमा रहेको १० रोपनी मात्रै नभएर १८ रोपनी जग्गा नै निजीकरण गर्न खोजिएको बताएका थिए। जग्गा हडप्नका लागि बाँसबारीमा च्याम्पियन फुटवेयर लिमिटेड खडा गरिएको समेत सिआइबीले बताएको छ।

The post चौधरीलाई जमानतमा छोड्ने आदेश दिएका न्यायाधीशको सरूवा first appeared on .

]]>
https://edainikpost.com/2024/02/12/%e0%a4%9a%e0%a5%8c%e0%a4%a7%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%9c%e0%a4%ae%e0%a4%be%e0%a4%a8%e0%a4%a4%e0%a4%ae%e0%a4%be-%e0%a4%9b%e0%a5%8b%e0%a4%a1%e0%a5%8d%e0%a4%a8%e0%a5%87/feed/ 0
राष्ट्रपतिको आग्रह ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन https://edainikpost.com/2024/01/16/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a5%8d/?utm_source=rss&utm_medium=rss&utm_campaign=%25e0%25a4%25b0%25e0%25a4%25be%25e0%25a4%25b7%25e0%25a5%258d%25e0%25a4%259f%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25aa%25e0%25a4%25a4%25e0%25a4%25bf%25e0%25a4%2595%25e0%25a5%258b-%25e0%25a4%2586%25e0%25a4%2597%25e0%25a5%258d%25e0%25a4%25b0%25e0%25a4%25b9-%25e0%25a4%25ab%25e0%25a4%25be%25e0%25a4%25b0%25e0%25a5%258d https://edainikpost.com/2024/01/16/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a5%8d/#respond Tue, 16 Jan 2024 11:58:45 +0000 https://edainikpost.com/?p=574 काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य बस्तुहरू सिधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्। होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना […]

The post राष्ट्रपतिको आग्रह ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन first appeared on .

]]>
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले जनसङ्ख्याको ठुलो हिस्सा निर्भर रहेको कृषि क्षेत्रमा उत्पादन भएका अन्नबाली तथा अर्ग्यानिक खाद्य बस्तुहरू सिधै तारे होटेलहरूमा आपूर्ति गरेर ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन आग्रह गरेका छन्। होटल संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा मनाउन सुरु गरेको ‘प्रथम सत्कार दिवस २०२४’ मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको मौलिक रैथाने खाना र संस्कृतिलाई समेत विश्वमाझ प्रवर्द्धन गर्न आवश्यक रहेको बताएका हुन्।

त्यसपछि, उनले ग्राहकहरूको रुचि र चाहनाअनुसारको खाद्यान्न होटल व्यवसायीहरू आफैँले कृषि फर्म स्थापना गरेर उत्पादन गर्न सकिने वा किसान स्वयंलाई पर्यटक र ग्राहकहरूको रुचिअनुसारको खाद्यान्न उत्पादन गर्न प्रेरित गर्दै व्यवसायीले किसानसँग समझौता गरेर ‘फार्म टु प्लेट’ को अवधारणा अघि बढाउन सुझाव दिए।

राष्ट्रपति पौडेलले नेपालको होटल क्षेत्रले ‘अतिथि देवो भवः’ को मूल मर्मलाई जीवन्त राखी विश्वसामु राष्ट्रिय गरिमालाई अभिवृद्धि गर्न सफल हुनु खुसीको विषय भएको बताए। उनले भने, ‘सेवा, सत्कार र आतिथ्य मुलुकको पहिचानको महत्त्वपूर्ण पाटो रहेको हुँदा यस क्षेत्रमार्फत राष्ट्रिय समृद्धि हासिल गर्न सम्भव हुने भएकाले होटल व्यवसायीहरूको यसमा विशेष ध्यान जाने मैले अपेक्षा गरेको छु।’

उनले पर्यटन र होटलको विस्तारसँगै नेपालका नयाँ गन्तव्यहरूको विकास र समृद्धि भएको बताउँदै मुलुकको पर्यटनलाई सफल तुल्याउन पूर्वाधारका कामहरू भइरहेको र अगाडि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गर्नुपर्दछ। यस वर्ष दश लाखभन्दा बढी पर्यटक भित्रिसकेको सन्दर्भमा आगामी दिन अझ उत्साहजनक हुनेछ भन्ने मलाई आशा छ।’

राष्ट्रपति पौडेलले नवनिर्मित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनमा आई मुलुकमा बढी भन्दा बढी विदेशी पर्यटकहरू भित्र्याउन सके समृद्धि छिट्टै हासिल गर्न कठिनाइ नहुने भन्दै पर्यटन क्षेत्रबाट हुने आय पछिल्लो समय आशातीत ढंगले बढिरहेको सन्दर्भमा पर्यटकीय गन्तव्यहरूमा खानेपानी, शौचालय, सरसफाइ, ढल व्यवस्थापन, साइकल लेन, निःशुल्क इन्टरनेट लगायतका आधारभूत सुविधा उपलब्ध गराउँदा यसको प्रभाव थप बढ्ने उल्लेख गरे।

पर्यटन उद्योगको आधार स्तम्भको रूपमा रहेको होटल क्षेत्रलाई अन्य मुलुक सरह प्राथमिकता प्राप्त उद्योगको सेवा सुविधा प्रदान गरी निजी क्षेत्र र सरकारी क्षेत्रबिच समन्वय गरेर अगाडि बढ्नुपर्ने राष्ट्रपति पौडेलको भनाई थियो।

The post राष्ट्रपतिको आग्रह ‘फार्म टु प्लेट’को अवधारणा अघि बढाउन first appeared on .

]]>
https://edainikpost.com/2024/01/16/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%aa%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%97%e0%a5%8d%e0%a4%b0%e0%a4%b9-%e0%a4%ab%e0%a4%be%e0%a4%b0%e0%a5%8d/feed/ 0